m4ink & : खेलकुद https://m4ink.com/rss/category/sport m4ink & : खेलकुद en Copyright 2022 & All Rights Reserved. आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकामथी भारतले विजयी प्राप्त गरेको छ । https://m4ink.com/आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकामथी भारतले विजयी प्राप्त गरेको छ । https://m4ink.com/आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकामथी भारतले विजयी प्राप्त गरेको छ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकामथी भारतले विजयी प्राप्त  गरेको छ । 

अमेरिकाको न्यूयोर्कमा गए राति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर आठमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत छ अङ्क जोड्दै समूह ‘ए’ बाट सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बन्यो । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अङ्कसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानाडाको समान दुई अङ्क छ । आयरल्यान्डले अङ्क खाता खोल्न सकेको छैन ।

खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८ दशमलव ३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए । 

अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्शदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब दिएका थिए । त्यसपछि नितिश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए । 

भारतका अर्शदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिए 

]]>
Thu, 13 Jun 2024 10:19:03 +0545 सौगात सिंह
रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा https://m4ink.com/रियल-मड्रिड-फिफा-क्लब-विश्वकप-फुटबलको-फाइनलमा https://m4ink.com/रियल-मड्रिड-फिफा-क्लब-विश्वकप-फुटबलको-फाइनलमा रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा स्पेनिस क्लब रियल मड्रिड ले इजिप्टको अल अहली स्पोर्टिङ क्लबलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

खेलको ४२ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा फेडेरिको भाल्भर्देले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर बनाए । तर खेलको ६५ औं मिनेटमा अल अहली स्पोर्टिङ क्लब अलि मालोउलले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा रोड्रिगोले र इन्जुरी समयको आठौं मिनेटमा सेर्जियो अरिबासले गोल गर्दै रियल मड्रिडलाई ४-१ को शानदार जित दिलाए । रियल मड्रिडले अब उपाधिका लागि साउदीको अल हिलालसँग खेल्नेछ ।

]]>
Thu, 09 Feb 2023 22:16:14 +0545 INK NEWS
साफ यू–२० महिला च्याम्पियनसिप फाइनलमा नेपालले नयाँ रणनीति अपनाउने https://m4ink.com/साफ-यू२०-महिला-च्याम्पियनसिप-फाइनलमा-नेपालले-नयाँ-रणनीति-अपनाउने https://m4ink.com/साफ-यू२०-महिला-च्याम्पियनसिप-फाइनलमा-नेपालले-नयाँ-रणनीति-अपनाउने २६ माघ, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ । पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो । साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

खेल्ने शैली परिवर्तन हुनेछ : मुख्य प्रशिक्षक गुरुङ

नेपालका मुख्य प्रशिक्षक याम बहादुर गुरुङले बुधबार भएको प्रिम्याच कन्फ्रेन्समा नयाँ रणनीतिमा मैदान उत्रने बताए । ‘निश्चय नै बंगलादेशलाई घरेलु मैदानको फाइदा छ । तर हामी राम्रो प्रतिस्पर्धा गर्नेमा विश्वस्त छौँ । हामी अर्कै तरिकाले खेल्नेछौं । शैली परिवर्तन हुनेछ ।’ गुरुङले भने ‘हामीलाई बंगलादेशको कमजोर पक्ष थाहा छ र हामी त्यसैलाई केन्द्रित गरेर खेल्नेछौं ।’

उता घरेलु टोली बंगलादेशका प्रशिक्षक घोलम रब्बानीले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘फाइनल प्रतिस्पर्धात्मक र उत्साहित हुनेछ,’ रब्बानीले भने, ‘नेपाल राम्रो टिम हो । बलियो टोली भारतलाई हराएको छ । त्यसैले फाइनल प्रतिस्प्रधात्मक हुनेछ ।’

घोलमकै प्रशिक्षणमा बंगलादेशको सिनियर महिला टोलीले गत सेप्टेम्बरमा काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो ।

]]>
Thu, 09 Feb 2023 22:13:11 +0545 INK NEWS