m4ink & : सुदूरपश्चिम प्रदेश https://m4ink.com/rss/category/sudurpaschim-province m4ink & : सुदूरपश्चिम प्रदेश en Copyright 2022 & All Rights Reserved. New variant of corona virus 'JN One' started appearing in Dhangadhi https://m4ink.com/new-variant-of-corona-virus-jn-one-started-appearing-in-dhangadhi https://m4ink.com/new-variant-of-corona-virus-jn-one-started-appearing-in-dhangadhi poush 14 । Dhangadhi: According to the Far West Province Emergency Operation Center Dhangadhi, recently, Covid infection has started to be seen in people entering the Far West from India.

After the new variant of corona virus 'JN One' started appearing in India, testing has been intensified at Gouriphanta checkpoint. In the last 10 days 9 people returning home from India have been infected. According to Ganesh Saud  who is in charge of the health desk in Gauriphanta from December 3rd to 13th, 300 people were tested for antigens and 9 people were found to be infected.

According to him the infection has been seen in people coming from Delhi, Chandigarh, Bangalore and Hyderabad. Currently, only symptomatic and suspected people are being tested. Infection of new variants is increasing in various states of India. Saud said that the samples of those confirmed to be infected have been sent to the national laboratory for testing.

A sample has been sent to a laboratory to identify whether the new variant is JN One. At Gaddachouki checkpoint in Kanchanpur, the health desk has been regularly testing suspected persons. Premsingh Bhandari, Head of the Health Desk, said that the tests were started from December 7 after the infection started increasing in India. No infection has been seen in Gaddachouki yet.

According to Bhandari, two and a half hundred people are entering Nepal every day. Out of which only 30/40 people are being tested. He said that there was a problem in the test when Maitri buses on their way to India's Delhi and Dehradun stopped at the checkpoint. He said that the local administration and security agencies have been requested to stop the buses for testing at the checkpoint. There is a risk that infection may spread in the community if there is no testing at the checkpoint and those who are infected are sent home in public transport.

]]>
Sat, 30 Dec 2023 15:49:56 +0545 INK NEWS
अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको भन्दै २३ दिनसम्म मृतकको दाहसंस्कार हुन सकेन । https://m4ink.com/अनुसन्धान-प्रक्रिया-विश्वसनीय-नभएको-भन्दै-२३-दिन-मृतकको-दाहसंस्कार-हुन-सकेन https://m4ink.com/अनुसन्धान-प्रक्रिया-विश्वसनीय-नभएको-भन्दै-२३-दिन-मृतकको-दाहसंस्कार-हुन-सकेन ४ पौष, डोटी । जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको भन्दै मंसिर १२ गते दिपायल सिलगढी नगरपालिका, पुन्ना गाउँस्थित सडकको नालीमा मृत अवस्थामा फेला परेका २६ वर्षिय समिर भट्टका आफन्तले २३ दिनसम्म पनि शव बुझ्न मानेका छैनन् ।

भट्टको हत्या भएको दावी गर्दै आएका मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, डोटीद्वारा घटना घटिसकेको २३ दिन बितिसक्दा समेत घटनाका आरोपितहरु दिपायल सिलगढी नगरपालिका वार्ड  नं. ५ पुन्ना बस्ने देवराज भट्ट, सोही ठाउँ बस्ने राम बिष्ट, लक्ष्मण बिष्टलाई पक्राउ गरी अनुसन्धान भइरहेको भएतापनि प्रहरीको अनुसन्धानले औपचारिकता र अदालतमा म्याद थप्ने बाहेक घटनाका सम्बन्धमा कुनै पनि किसिमको प्रमाण संकलन गरी निष्कर्षमा पुग्न नसकेको भन्दै  शव बुझ्न नमानेका हुन् ।

 हत्यामा संलग्न व्यक्तिहरुलाई छिटो भन्दा छिटो प्रमाण सहित कारबाहीको माग राख्दै आफूहरुले शव समेत नबुझेर प्रहरी प्रशासनलाई दवाव दिईरहेको भएता पनि २३ दिनसम्म पनि प्रहरी कुनै निष्कर्षमा पुग्न नसकेको र अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको गुनासो गरेका छन् । दाहसंस्कारको लागि आफूहरुले शव बुझे प्रहरीले अनुसन्धान फितलो गर्ने र हत्यामा संलग्न व्यक्तिहरु निर्दोष सावित भई छुटन् समेत सक्ने आशंकाले  हालसम्म शव नबुझेको मृतकका आफन्तहरुले बताएका छन् । जिल्लामा प्रहरी कार्यालय, डोटीले भने आफूहरुले घटनामा संलग्न भएको आंशका तथा पिडीत पक्षद्वारा किटानी जाहेरी गरिएका तीन जनालाई प्रकाउ गरी प्रहरी हिरासतमा राखेर सोधपुछ, बयान, प्रमाण संकलन लगायतका कार्यहरु र विभिन्न कोण तथा तहबाट अनुसन्धान गरिरहेको हुँदा घटनाको वास्तविकता छिटो भन्दा छिटो सार्वजनिक गर्ने बताएको छ ।

  गत मंसिर १८ गते प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले पिडित पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेकोले शव बुझ्नका लागि आग्रह गरेता पनि मृतक समिर भट्टकी आमाले पक्राउ परेका देवराज, राम र लक्ष्मणले नै आफ्नो छोराको हत्या गरेको भन्दै तीन जनालाई कारबाही नभएसम्म शव नबुझ्ने बताएकी थिइन । मृतकका आफन्तहरुका अनुसार हत्याको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका देवराज भट्ट, राम बिष्ट, लक्ष्मण बिष्टले नै समिर भट्टको हत्या गरेको र निजहरुलाई कारबाही हुनुपर्छ भन्ने आधारहिन र मनगढन्ते माग तथा नेपाल प्रहरीको गतिहिन तथा पिडीत पक्षलाई आश्वस्त पार्न नसक्ने  गरी भइरहेको अनुसन्धान प्रक्रियाका  कारण मृतक भट्टको शव २३ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा रहेको छ ।

गत मंसिर ११ गते सिलगढीस्थित शैलेश्वरी मन्दिरमा भएको मेला हेर्न गएका मृतक भट्ट मंसिर १२ गते बिहान सिलगढी-दिपायल सडक खण्डको पुन्ना गाउँ नजिकै सडकको नालीमा टाउकोमा चोट, शरिरको पछाडीको भागमा निलडाम र घाउ भएको अवस्थामा मृत फेला परेको थिए ।

]]>
Wed, 20 Dec 2023 16:56:09 +0545 INK NEWS
एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जैसी निर्विरोध https://m4ink.com/एमाले-सुदूरपश्चिम-प्रदेशको-अध्यक्षमा-जैसी-निर्विरोध https://m4ink.com/एमाले-सुदूरपश्चिम-प्रदेशको-अध्यक्षमा-जैसी-निर्विरोध

धनगढी, असोज २५ गते ।  नेकपा एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कृष्णप्रसाद जैसी निर्विरोध निर्वाचित हुनुभएको छ  । अन्य पदाधिकारीहरू समेत सर्वसम्मत हुनुभएको हो  । 

अध्यक्ष पदमा मनोनयन दर्ता गराएका निवर्तमान उपाध्यक्ष कमलप्रसाद तिमिल्सिना, वचनबहादुर सिंह र भरत साउदले उम्मेदवारी फिर्ता लिएपछि जैसी निर्विरोध निर्वाचित हुनुभएको हो  । निवर्तमान प्रदेश सचिवालय सदस्य रहेका जैसी तत्कालीन अछाम जिल्ला विकास समितिका सभापति समेत रहनुभएको थियो उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही सर्वसम्मत हुनुभएको हो ।

हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्र बहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत चुनिनुभएको हो  ।सचिवमा भने कैलालीका रणबहादुर चन्द सर्वसम्मत चयन भएका हुनुभएको हो  । सचिवका प्रत्याशी राजेश खाती, जीवनबहादुर बम र रतनबहादुर रेग्मीले उम्मेदवारी फिर्ता लिएपछि चन्द पनि सर्वसम्मत हुनुभएको हो  । उपसचिव (खुल्ला) मा कञ्चनपुरका नरबहादुर विक र उपसचिव (महिला) मा कैलालीकी भागरथी विष्ट चयन हुनुभएको छ ।उपसचिव (खुल्ला) मा रामदत्त जोशी, अशोककुमार चन्द, सुरेन्द्रबहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिनुभएको थियो । 

उपसचिव (महिला) मा कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी फिर्ता  लिनुभएको हो  । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनपछि निर्वाचन प्रक्रिया लम्ब्याएर मङ्गलवारदेखि नेताहरूले सर्वसम्मतिको प्रयास गरेका थिए । विभिन्न पदमा आकांक्षा राखेका उम्मेदवारहरूलाई अन्यत्र व्यवस्थापन गर्ने आश्वासनसहित उम्मेदवारी फिर्ता गराइएको स्रोतले बतायो ।

अन्तिम समयमा नेता भीम रावल निकट मानिएका अध्यक्ष पदका उम्मेदवार भरत साउदले उपसचिवमा आफू निकट नरबहादुर विकका नाममा सहमति खोज्नुभएको थियो । नेताहरूले विकका नाममा सहमति गरेपछि सबै पदाधिकारी सर्वसम्मत चयन हुने अवस्था आएको हो ।

]]>
Thu, 12 Oct 2023 15:55:00 +0545 INK NEWS