अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको भन्दै २३ दिनसम्म मृतकको दाहसंस्कार हुन सकेन ।

अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको भन्दै २३ दिनसम्म मृतकको दाहसंस्कार हुन सकेन ।

४ पौष, डोटी । जिल्ला प्रहरी कार्यालयले गरिरहेको अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको भन्दै मंसिर १२ गते दिपायल सिलगढी नगरपालिका, पुन्ना गाउँस्थित सडकको नालीमा मृत अवस्थामा फेला परेका २६ वर्षिय समिर भट्टका आफन्तले २३ दिनसम्म पनि शव बुझ्न मानेका छैनन् ।

भट्टको हत्या भएको दावी गर्दै आएका मृतकका आफन्तहरुले जिल्ला प्रहरी कार्यालय, डोटीद्वारा घटना घटिसकेको २३ दिन बितिसक्दा समेत घटनाका आरोपितहरु दिपायल सिलगढी नगरपालिका वार्ड  नं. ५ पुन्ना बस्ने देवराज भट्ट, सोही ठाउँ बस्ने राम बिष्ट, लक्ष्मण बिष्टलाई पक्राउ गरी अनुसन्धान भइरहेको भएतापनि प्रहरीको अनुसन्धानले औपचारिकता र अदालतमा म्याद थप्ने बाहेक घटनाका सम्बन्धमा कुनै पनि किसिमको प्रमाण संकलन गरी निष्कर्षमा पुग्न नसकेको भन्दै  शव बुझ्न नमानेका हुन् ।

 हत्यामा संलग्न व्यक्तिहरुलाई छिटो भन्दा छिटो प्रमाण सहित कारबाहीको माग राख्दै आफूहरुले शव समेत नबुझेर प्रहरी प्रशासनलाई दवाव दिईरहेको भएता पनि २३ दिनसम्म पनि प्रहरी कुनै निष्कर्षमा पुग्न नसकेको र अनुसन्धान प्रक्रिया विश्वसनीय नभएको गुनासो गरेका छन् । दाहसंस्कारको लागि आफूहरुले शव बुझे प्रहरीले अनुसन्धान फितलो गर्ने र हत्यामा संलग्न व्यक्तिहरु निर्दोष सावित भई छुटन् समेत सक्ने आशंकाले  हालसम्म शव नबुझेको मृतकका आफन्तहरुले बताएका छन् । जिल्लामा प्रहरी कार्यालय, डोटीले भने आफूहरुले घटनामा संलग्न भएको आंशका तथा पिडीत पक्षद्वारा किटानी जाहेरी गरिएका तीन जनालाई प्रकाउ गरी प्रहरी हिरासतमा राखेर सोधपुछ, बयान, प्रमाण संकलन लगायतका कार्यहरु र विभिन्न कोण तथा तहबाट अनुसन्धान गरिरहेको हुँदा घटनाको वास्तविकता छिटो भन्दा छिटो सार्वजनिक गर्ने बताएको छ ।

  गत मंसिर १८ गते प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले पिडित पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेकोले शव बुझ्नका लागि आग्रह गरेता पनि मृतक समिर भट्टकी आमाले पक्राउ परेका देवराज, राम र लक्ष्मणले नै आफ्नो छोराको हत्या गरेको भन्दै तीन जनालाई कारबाही नभएसम्म शव नबुझ्ने बताएकी थिइन । मृतकका आफन्तहरुका अनुसार हत्याको आरोपमा पक्राउ परी प्रहरी हिरासतमा रहेका देवराज भट्ट, राम बिष्ट, लक्ष्मण बिष्टले नै समिर भट्टको हत्या गरेको र निजहरुलाई कारबाही हुनुपर्छ भन्ने आधारहिन र मनगढन्ते माग तथा नेपाल प्रहरीको गतिहिन तथा पिडीत पक्षलाई आश्वस्त पार्न नसक्ने  गरी भइरहेको अनुसन्धान प्रक्रियाका  कारण मृतक भट्टको शव २३ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा रहेको छ ।

गत मंसिर ११ गते सिलगढीस्थित शैलेश्वरी मन्दिरमा भएको मेला हेर्न गएका मृतक भट्ट मंसिर १२ गते बिहान सिलगढी-दिपायल सडक खण्डको पुन्ना गाउँ नजिकै सडकको नालीमा टाउकोमा चोट, शरिरको पछाडीको भागमा निलडाम र घाउ भएको अवस्थामा मृत फेला परेको थिए ।