राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ,प्रशासन तह ४ प्रथम चरणको प्रश्न पत्र

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ,प्रशासन तह ४ प्रथम  चरणको प्रश्न पत्र

 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड ,प्रशासन तह ४ प्रथम  चरणको प्रश्न पत्र

लोक सेवा आयोग

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, प्रशासन, प्रशासन, चौथो, सहायक पदको खुला प्रतियोगितात्मक

लिखित परीक्षा

२०७९/०२/१४

KEY [A]

प्रथम चरण: पूर्व योग्यता परीक्षा

समय: ४५ मिनेट

विषय : बैकिङ्ग, व्यवस्थापन, गणित, र सामान्य ज्ञान

पूर्णाङ्क: १००

 

उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ । उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ । परीक्षामा calculator, mobile प्रयोग गर्न पाइनेछैन ।

वस्तुगत बहुउत्तर

५०x२=१००

1. सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ८ बमोजिम राष्ट्रिय समन्वय समितिको संयोजक को हुन्छ?

(Who will be the convenor of the National Coordination Committee according to the clause 8 of the Asset (Money) Laundering Prevention Act, 2064?)

A) सचिव, अर्थ मन्त्रालय

C) सचिव, गृह मन्त्रालय

B) गभर्नर, नेपाल राष्ट्र बैंक

D) सचिव, परराष्ट्र मन्त्रालय

 

2. नेपाल राष्ट्र बैंकले २०७३/७४ मा ल्याएको मौद्रिक नीतिअनुसार "क" वर्गका वाणिज्य बैंकहरूले कति चुक्ता पूँजी पुन्याउनु पर्दछ?

(According to the Monetary Policy formulated by Nepal Rastra Bank in 2073/74; how

much paid of capital should be for the "A" class commercial bank?)

A) ८० करोड

B) २ अर्ब

C) २ अर्ब ५० करोड D) ८ अर्थ

 

3. नेपालको पहिलो ज्वाइन्ट भेञ्चर वाणिज्य बैंक कुन हो? (Which is the first Joint Venture commercial bank of Nepal?)

A) नबिल बैंक

B) एभरेष्ट बैंक

C) एसविआई बैंक

D) एनएमबि बैंक

 

4. बृहत आर्थिक लक्ष्य तथा दिगो आर्थिक वृद्धि हासिल गर्न केन्द्रीय बैंकले मुद्रा आपूर्तिको नियन्त्रण

गर्ने कार्यलाई भनिन्छ ।

(The function of central bank of controlling money supply to achieve macroeconomic

goals and sustainable economic growth is known as)

A) वित्तीय नीति

B) मौद्रिक नीति

C) साख व्यवस्थापन

D) दिगो विकास लक्ष्य

5. तल दिइएका मध्ये ग्राहक संरक्षण सिद्धान्तका प्रमुख आधारहरू के-के हुन्?

 (Which of the following are the basis of customer protection principles?)

i) समान व्यवहार

ii) ग्राहक पहिचान

iii) पारदर्शिता

iv) उचित मूल्य

A) i, ii, iii        B) ii, iii, iv        C) i, iii, iv         D) i, ii, iv

6. नेपालको अर्थतन्त्रमा विप्रेषणले पारेको सकारात्मक प्रभाव कुन हो? (Which is the positive impact of remittance on Nepalese economy?)

A) विभिन्न वैदेशिक रोजगार बचतपत्र, शेयर तथा ऋणपत्रमा लगानी परिचालन गर्न सहयोग पुगेको

B) खर्चयोग्य आम्दानीमा वृद्धि गरेको

C) देशको कूल श्रम आपूर्तिमा ह्रास आएको

D) उत्पादनमुखी कार्यक्रममा संकुचन तथा अनौपचारिक कारोवारमा लगानी वृद्धि